१३ बैशाख २०८१, बिहिबार

काठमाडौँमा ६४९ जनासहित उपत्यकामा आज ८१७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज १२ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६४९ जनासहित ८१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६४९ जना, ललितपुर जिल्लाका १३२ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००८० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ९८ हजार ४०७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १९६२५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८६९५ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०९२९ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६३१० जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १३५१ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४७४५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५४६४० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा ६३३ जनासहित उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !