१३ बैशाख २०८१, बिहिबार

नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि


उमेश श्रेष्ठ फाइल फोटो

काठमाडौं, असोज ११ । नेपाली काँग्रेस पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालक समेत रहेका सांसद श्रेष्ठ स्वयंले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

शनिवार गरिएको परीक्षणको रिपोर्टमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । अहिले आफू होम आइसोलेसनमा बसेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।

बिहीबार रूघाखोकी र ज्वरो आएपछि हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्दा उनको आज रिपोर्ट पोजेटिभ आएको हो । उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए। कोरोना देखिएका सांसद चौधरी निको भइसकेका छन् ।

साथै उनले आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !