१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो, आज थपिए नयाँ १३१३ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज ९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३१३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७०६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२२६२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ६८ हजार १८५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८२८९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८२३७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १००५२ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६४६४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५०३ जना, ललितपुर जिल्लाका ९१ जना र भक्तपुर जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १४५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५१८६६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको पुष्टि भएको छ ।


यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६९ हजार नाघ्यो, आज थपिए नयाँ १४९७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !