१३ बैशाख २०८१, बिहिबार

चितवनका ५० जनासहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, असोज ८ । चितवन जिल्लामा थप ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ५० जनासहित थप ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा असोज ८ गते ३६४ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ६५ वटा नमुनाको नतिजा पोजेटिभ र २९९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनको भरतपुर महानगरपालिकाका २७ जना, खैरहनीका ११ जना, रत्ननगर नगरपालिकाका ९ जना, राप्तीका २ जना र कालिकाका १ जना रहेका छन ।

त्यस्तै १५ जना अन्य जिल्लाका रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । चितवन बाहिरका बाँकेका १ जना, मकवानपुरका ५ जना, नवलपुरका ५ जना, पर्साका १ जना र बाराका ३ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !