६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७४४ पुग्यो


गण्डकी प्रदेश

पोखरा, असोज ११ । गण्डकी प्रदेशमा आज दिउसो थप ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका थप ७१ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका २१ जना, लमजुङका १६ जना, बागलुङका ३१ जना र नवलपरासी सुस्ता पूर्वका ३ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका-३ का २७ बर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरी २ जना नेपाल प्रहरीमा कार्यरत हुन् भने वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुन् ।

लमजुङ जिल्ला, मध्यनेपाल-६ का ३५ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन् । बाग्लुङ जिल्लाका धेरैजसो संक्रमित भारतबाट र केहि संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३७४४ पुग्यो

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३७४४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !