७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४०२ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज ३ । गण्डकी प्रदेशमा आज बिहान थप ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:०० बजे र बिहान १०:३० बजे छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै १५ जना र ५१ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ६:०० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १५ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका ११ जना, पर्वतका २ जना, स्याङजाका १ जना र लमजुङका १ जना रहेका छन् ।

पर्बत जिल्ला, कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत रहेका छन् भने नवलपरासी (ब.सु.पू) जिल्ला, हुप्सेकोट-५ का ३७ बर्षीय महिला स्वास्थ्य स्वयं सेविका हुन् । अन्य सबै कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान १०:३० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५१ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका ३४ जना, स्याङजाका १ जना, तनहुँका ३ जना र कास्कीका १३ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन् उनी पोखरा विश्वबिद्यालयमा कार्यरत रहेका छन् भने कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोनाको परिक्षणका लागि आएका हुन् । अन्य जिल्लाका सबै कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३३३६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !