१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ६१ हजार नाघ्यो, आज थपिए अहिलेसम्मकै उच्च नयाँ २०२० संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज २ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०२० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११४५८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ९४ हजार ३७३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७३८३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९२९५ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८०८० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७७३६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६९८ जना, ललितपुर जिल्लाका ७९ जना र भक्तपुर जिल्लाका ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४३८२० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १२४६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु