८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३३३६ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज २ । गण्डकी प्रदेशमा आज बिहान थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३३६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १५ जना कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपलिकाका १५ जना रहेका छन् । सबै कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

दु:खद खबर 

नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली-११ का ३१ बर्षीय पुरुषको आजआज असोज २ गते राति १२:१८ बजे चितवन मेडिकल कलेज, चितवनमा दु:खद निधन भएको छ । भदौ २५ गते अस्पताल भर्ना हुनुभएका उनमा भदौ २६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा जटिल श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समस्या समेत रहेको जानकारी अस्पतालबाट प्राप्त रिपोर्टमा उल्लेख गरिएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३३३६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !