१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३३२१ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज २ । गण्डकी प्रदेशमा आज बिहान ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३२१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी सुस्ता पूर्वका २६ जना, तनहुँका २ जना र कास्कीका २ जना रहेका छन् ।

नवलपरासी (ब.सु.पू) जिल्ला, कावासोती-२ का ३९ र २० बर्षीय, कावासोती-३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको पे क्लिनिकमा परिक्षणका लागि आएका हुन् । अन्य सबै कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज बिहान ८:१० बजे अध्यावधिक विवरण अनुसार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२९१ जना पुगेको थियो ।

 

 

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३३२१ पुग्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३२९१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु