७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३२९१ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज २ । गण्डकी प्रदेशमा आज बिहान ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२९१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:१० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार बि.पि. कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्याङजाका १ जना, नवलपरासी सुस्ता पूर्वका ८ जना र तनहुँका २ जना रहेका छन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३२९१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !