७ बैशाख २०८१, शुक्रबार

चितवनका ७८ जनासहित थप १०२ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, असोज १ । चितवन जिल्लामा थप १०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ७८ जनासहित थप १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा भदौ ३० गते ४१८ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १०२ वटा नमुनाको नतिजा पोजेटिभ र ३१६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना पुष्टि भएकाहरुमध्ये केहि यसअघि नै संक्रमित भएका व्यक्तिहरु समेत रहेका छन् । कोरोना संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ जना, खैरहनीको ४ जना र राप्तीको १ जना रहेका छन ।

त्यस्तै २४ जना अन्य जिल्लाका रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । चितवन बाहिरका नवलपुरका १४ जना छन् । नवलपुरको गैंडाकोटका मात्रै ८ जनामा कोरोना पुष्टि भएको छ । सबैको चितवन मेडिकल कलेजको केन्द्रमा स्वाब संकलन गरिएको हो । संक्रमण पुष्टि हुनेहरु ५ वर्षीय बालक देखि ८७ वर्षीया वृद्धासम्म छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !