७ बैशाख २०८१, शुक्रबार

कैलालीका १६ सहित सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, असोज १ । कैलाली जिल्लाका १६ जनासहित सुदूरपश्चिम प्रदेशका थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ४ जना महिलाहरु र १८ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३३३ जनाको कोरोना परीक्षण गर्दा कैलालीका १६ जना र कंचनपुरका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार अनुसार धनगढी उपमहानगरपालिका-२ का ६ जना, ५ र १३ का १/१ जना र वडा नखुलेका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीको गौरीगंगा नगरपालिका-६ र भजनी नगरपालिकाका-५ ३/३ जना र गोदावरी नगरपालिका–४ का १ जनामा कोरोना पुष्टि भएको छ । साथै कञ्चनपुरको पुर्नवास नगरपालिका-५ का ४ जना, महाकाली नगरपालिका-२ र बेलौरी नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

कैलालीका २१ सहित सुदूरपश्चिममा थप २९ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !