६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३२०६ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज १ । गण्डकी प्रदेशमा आज बिहान २३ जना र ५ जना गरी २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:४५ बजे र ९:१० बजे २ पटक छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ७:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४ जना, गोरखाका २ जना, बाग्लुङका ४ जना, नवलपरासी सुस्ता पूर्वका १२ जना र तनहुँका १ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २९ बर्षीय पुरुष र बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका तीनै जना पुरुषहरु गरी ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान ९:१० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५ जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४ जना र तनहुँका १ जना रहेका छन् ।

सबै व्यक्तिहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको Pay Clinic मा कोरोनाको परीक्षणका लागि आएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३१६६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !