७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज ६१८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, असोज १ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५०७ जना, ललितपुर जिल्लाका ६१ जना र भक्तपुर जिल्लाका ५० जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६४१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ८२ हजार ९१५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६२४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ७९०३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८३३८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७८८३ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १२४६ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९५७३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२४३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४२९४९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज ७३७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !