८ बैशाख २०८१, शनिबार

बाँकेका २० जनासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल नेपालगञ्ज

नेपालगञ्ज, भदौ ३१ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २० जनासहित थप ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ५:२० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १४० वटा नमूना परीक्षण गर्दा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २० जना, बर्दियाका ९ जना र सुर्खेतका १ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १६ जना पुरुषहरु र १५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २१२४ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३९२४० रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३९२०० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !