८ बैशाख २०८१, शनिबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, भदौ ३१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८३२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा आज ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६५२ जना, ललितपुर जिल्लाका ६० जना र भक्तपुर जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४१७०६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ५ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १, गण्डकी प्रदेशमा १ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला कोरोनामुक्त भएका छन्

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देही जिल्ला गरी ८ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

 

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !