११ बैशाख २०८१, मंगलबार

कैलालीका २१ सहित सुदूरपश्चिममा थप २९ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ ३१ । कैलाली जिल्लाका १२ जनासहित सुदूरपश्चिम प्रदेशका थप २९जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २९ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १२ जना महिलाहरु र १७ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४२५ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २१ जना र कंचनपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ७ जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना, जोशीपुर र टीकापुरका १/१ जनामा संक्रमण पुष्टि भएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका १२ सहित सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !