६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३१६६ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ ३१ । गण्डकी प्रदेशमा आज बिहान ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ११:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५० जना कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका २९ जना, बाग्लुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् । वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं २७ का २८ बर्षीय पुरुष, वार्ड नं ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् भने रुपा-१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । तनहुँ जिल्ला, घिरिंगका तिनै जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । बाग्लुङ जिल्ला, गल्कोट-३ र बाग्लुङ-१ का क्रमश: ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुग्यो, थप ५० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३११६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !