१२ बैशाख २०८१, बुधबार

बाँकेका ४० जनासहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


नेपालगञ्ज, भदौ ३० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ४० जनासहित थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा २०० वटा नमूना परीक्षण गर्दा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४० जना र बर्दियाका २ जनामा रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा २९ जना पुरुषहरु र १३ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २०९३ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३९१४० रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३९००० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !