७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३११६ पुग्यो


कोरोना भाइरस ?????????????????????????????????????????????????????????

पोखरा, भदौ ३० । गण्डकी प्रदेशमा आज बिहान ४७ जना र दिउसो ४ जना गरी थप ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:३० बजे र दिउसो १:०० बजे छुट्टाछुट्टै २ वटा प्रेस बिज्ञप्ति जारी गर्दै ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ११:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४७ जना कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका १/१ जना रहेका छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत रहकी छिन् भने पोखरा महानगरपालिका-१४ र १ का २ जना पुरुष नमुना परीक्षणको लागि सोहि अस्पतालमा आएका हुन् । पोखरा महानगरपालिकाका ३२ बर्षीय महिला सिर्जनाचोक, पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुन् ।

लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत रहेका छन् । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज दिउसो १:०० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्याङजाका १ जना, कास्कीका २ जना र गोरखाका १ जना रहेका छन् । सबै संक्रमित व्यक्ति कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३०६४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !