७ बैशाख २०८१, शुक्रबार

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु


शव अलपत्र

पर्सा, ३० भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् ।

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिनुभयो । सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !