८ बैशाख २०८१, शनिबार

काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो


काठमाडौं उपत्यका

काठमाडौँ, २९ भदौ । काठमाडौ उपत्यकामा मात्र हालसम्म (कोभिड-१९) संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए ।

देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तीमध्ये १० हजार संक्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला ३ हजार ३०२ र पुरुष ६ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा १ हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन ।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन ।

१८ जिल्लामा १ हजार भन्दा बढी कोरोना संक्रमित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजार भन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन । काठमाडौ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन । पर्सामा २ हजार ५४४, सर्लाहीमा २ हजार २७९, मोरङमा २ हजार २६७, रौतहटमा दु२ ई हजार ९, कैलालीमा १ हजार ९९०, धनुषामा १ हजार ९०३ र रुपन्देहीमा १ हजार ७८४ जनामा संक्रमण देखिएको छ ।

यस्तै बाँकेमा १ हजार ४५०, महोत्तरीमा १ हजार ४२३, चितवनमा १ हजार ३४४, सुनसरीमा १ हजार ३१६, कपिलवस्तुमा १ हजार २७७, बारामा १ हजार २३७, दैलेखमा १ हजार ९९ र डोटीमा १ हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !