७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ५५ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ११७० संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ २९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ११७० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८७८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ५१ हजार ४०५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५३९३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८११८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७२७५ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८९२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४४० जना, ललितपुर जिल्लाका २९ जना र भक्तपुर जिल्लाका ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८७९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३९५७६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०३९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !