८ बैशाख २०८१, शनिबार

कैलालीका १२ सहित सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि


धनगढी, भदौ २९ । कैलाली जिल्लाका १२ जनासहित सुदूरपश्चिम प्रदेशका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ४ जना महिलाहरु र १० जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २०७ जनाको कोरोना परीक्षण गर्दा कैलालीका १२ जना र कंचनपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

डा. पाण्डेका अनुसार अनुसार धनगढी वडा नम्वर ७ का २ जना, वडा नम्वर ३, ५ र १४ का १/१ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । साथै घोडाघोडी नगरपालिका-१० का ४ जना, गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जना र बेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ६९ सहित सुदूरपश्चिममा थप ७३ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !