१३ बैशाख २०८१, बिहिबार

नवलपुरको देवचुलीमा एकाबिहानै ३४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

नवलपुर, २७ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज बिहानीपख थप ३४ जनामा कोरोना पुष्टि भएको छ । गत भदौ २४ गते कन्ट्रयाक्ट ट्रेसिङ्का आधारमा सङ्कलित ११९ स्वाबमध्ये एकैपटक ३४ जनामा कोरोना देखिएको देवचुली नगरपलिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । एउटै स्थानीय तहमा यति धेरै संक्रमित एकैपटक देखिएको यो पहिलो हो ।

देवचुली नगरपालिकाका वडा नम्बर ४,७,८,९,१०,११ र १४ मा गरी आज ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो । तीमध्ये ३ जना क्वारेन्टाइनमा रहेका थिए भने ६ जना नगरपालिका कै कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । बाँकी २५ जना भने समुदाय स्तरका हुन् । नवलपुरमा अहिले यससहित २४९ सक्रिय संक्रमित रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !