१३ बैशाख २०८१, बिहिबार

बुटवलको कोरोना अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

बुटवल, भदौ २० । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप २ कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।

केही दिनदेखि अस्पतालमा उपचाररत १ जना महिलाको आज बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिइन् ।

अर्का १ जना पुरूषको शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । बुटवल-११ का ४० वर्षीय पुरूषको भने शुक्रबार राति ११:१० बजे मृत्यु भएको डा. गौतमले बताए । उनी यही भदौ १५ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि ज्वरो र श्वास प्रश्वासको समस्या रहेको थियो तर अन्य दीर्घ रोग भने नभएको अस्पतालले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !