८ बैशाख २०८१, शनिबार

पर्सा, बारा र रौतहटका थप ११० जनामा कोरोना संक्रमण पुष्टि


नारायणी अस्पताल dav

वीरगञ्ज, भदौ १८ । पर्सा, बारा र रौतहट जिल्लाका थप ११० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति ५७६ जनाको स्वाब परीक्षण गर्दा यी ३ जिल्लाका थप ११० जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा ३० महिला र डेढ वर्षका १ बालकसहितलाई ११० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण देखिएकामध्ये पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने बहुदरमाई नगरपालिका-४ र ५ मा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्सागढी नगरपालिका-४ र८ मा ७ जनामा कोरोना संक्रमण देखिएको छ भने पोखरिया नगरपालिका-४ र १० मा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका २४ जनामा कोरोना संक्रमण देखिएको छ । साथै रौतहटको यमुनामाई गाउँपालिका-३ मा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुने ११० जनामध्ये ८० जना पुरुषहरु र ३० जना महिलाहरु रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !