१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ४२ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १२२८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ १८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२२८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२८७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३४१३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८४१३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १०६७१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७७४२ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६७४९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३५७ जना, ललितपुर जिल्लाका ४६ जना र भक्तपुर जिल्लाका ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९१७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २४२०७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४१ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ११२० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु