८ बैशाख २०८१, शनिबार

बाँकेका ७ जनासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ७ जनासहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ११८ वटा नमूना परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ७ जना, बर्दियाका १ जना र जाजरकोटका १ जनामा रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ५ जना पुरुषहरु र ४ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १६०८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३५४८४ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३५३८४ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

बाँकेका २४ जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !