१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ४० हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०६९ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ १६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०६९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२०८८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख ५ हजार ५६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १८११२ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १०८३२ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७२८० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७३९० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै उच्च ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३९३ जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर जिल्लाका ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२१७८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ८९९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !