७ बैशाख २०८१, शुक्रबार

बझाङका ३८ जनासहित सुदूरपश्चिमका एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, भाद्र १६ । बझाङका ३८ जनासहित सुदूरपश्चिमका थप ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५३५ जनामा गरिएको कोरोना परीक्षणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा मंगलवार संक्रमितहरुमध्ये बैतडीका ११ जना, डडेल्धुराका २ जना, अछामका ५ जना र बझाङका ३८ जना गरी एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमितहरुमध्ये डडेल्धुरा गन्यापधुरा गाउँपालिकाका २ जना, बैतडी शिगास गाउँपालिकाका ८ जना, बैतडी पुर्चौडी नगरपालिकाका १ जना र मेलौली नगरपालिकाका २ जना गरी बैतडीमा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बझाङको बिथ्थडचिर गाउँपालिकामा २ जना, बुङ्गल नगरपालिकामा १४ जना, छब्बिस पाथीभराममा २ जना, केदारस्यू गाउपालिकामा १६ र थलारा गाउँपालिकामा ४ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै गरी अछामको पञ्चदेवल बिनायक नगरपालिकामा ५ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ५६ जनामा संक्रमण पुष्टी

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !