१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ३९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ८९९ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ १५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८९९ जनामा पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १११२९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६ लाख ९३ हजार ४६२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७८२२ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १०७०१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७१२१ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७३३७ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १९० जना, ललितपुर जिल्लाका ६७ जना र भक्तपुर जिल्लाका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५८८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २१४१० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३८ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ १२२१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु