, चितवनका १७ जनासहित २६ जनामा देखियो कोरोना संक्रमण

चितवनका १७ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन मेडिकल कलेजको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि

चितवन, भदौं १५ । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १४ गते बेलुका ६ बजेसम्म गरिएको १५९ वटा नमुनाको परीक्षणमा चितवनका १७ जनासहित २६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोवायोलोजिष्ट डा. नविन कुमार चौधरीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुरका १५ जना र रत्ननगरका २ जना रहेका छन् । यस्तै मकवानपुरको हेटौडा-१. ४ र १५ का ३ जना, नवलपुरका ४ जनामा कोरोना संक्रमण देखिएको छ । साथै पुराना २ जना बिरामीमा पनि पुन: कोरोना संक्रमण देखिएको छ ।

 

चितवनका १७ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि