७ बैशाख २०८१, शुक्रबार

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि


नारायणी अस्पताल वीरगञ्ज

वीरगञ्ज, भदौ १४ । पारसको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो शनिबार राति गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमध्ये पर्साका ४७ जना, बाराका ३० जना र मोरङ र काठमाडौं १/१ जना रहेका छ ।

नारायणी अस्पतालका स्रोतका अनुसार ४४२ जनाको स्वाब परीक्षण गर्दा २४ महिलासहित ६ महिनादेखि ९७ वर्ष उमेर समूहका ७९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये २१ जना कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएका कोरोना संक्रमित छन् ।

हिजो शनिबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिकामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडामा २१ जना, जितपुर-सिमरा उपमहानगरपालिकामा २ जना, विश्रामपुर गाउँपालिकामा ३ जना र महागढीमाई नगरपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । साथै बाराको कलैयामा रहेको एक बैंकका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !