४ बैशाख २०८१, मंगलबार

चितवनका २९ जनासहित ४३ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौं १४ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २९ जनासहित ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा शनिवार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनको भरतपुरका २७ जना, खैरहनीका २ जना गरी २९ जना, तनहुँका २ जना, झापाका २ जना, नवलपुरको चोरमारा-४५ का १ जना, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १३ गते ४७२ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ४२ वटा नमुनाको नतिजा पोजेटिभ र ४२९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

चितवनका २९ जनासहित ४३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !