, अछामका ९ जनासहित १५ जनामा देखियो कोरोना संक्रमण

अछामका ९ जनासहित १५ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा १५ जनामा कोरोना पुष्टि

धनगढी, भदौ १३ । सुदूरपश्चिम प्रदेशमा आज थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १५ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३ जना महिलाहरु र १२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७३९ जनाको कोरोना परीक्षण गर्दा अछामका ९ जना र कैलालीका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा १५ जनामा कोरोना पुष्टि