१३ बैशाख २०८१, बिहिबार

बाँकेका १० जनासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४०० पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १० जना, बर्दियाका २ जना र दाङका १ जनामा रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ७ जना पुरुषहरु र ६ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १४९१ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३३८४० रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३३७५० वटा रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !