, चर्चित उद्योगपति तथा सांसद विनोद चौधरीमा देखियो कोरोना संक्रमण

चर्चित उद्योगपति तथा सांसद विनोद चौधरीमा देखियो कोरोना संक्रमण

चर्चित उद्योगपति तथा सांसद विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १२ । नेपालका चर्चित उद्योगपति विनोद चौधरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज शुक्रबार आफ्नो सामाजिक संजाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले बताएका छन् । साथै उनी डाक्टरको सुझाव अनुसार आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन उनले आग्रह समेत गरेका छन् ।

जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य सांसदहरु प्रदीप यादव र डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञ बोगटीमा पनि कोरोना संक्रमण पुष्टि देखिएको थियो । नेपालको संघीय संसद प्रतिनिधि सभामा नेपाली काँग्रेसका तर्फवाट सांसद रहेका चौधरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।