, बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि

बुटवलमा १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि

बुटवलमा १३ जना थुनुवामा देखियो कोरोना संक्रमण

रुपन्देही, भाद्र ११ । रुपन्देहीको बुटवलमा १३ जना थुनुवामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिभिन्न अभियोगमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना हिजै छुट्ने मध्येका रहेका रुपन्देही प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रहरी कार्यालय स्रोतका अनुसार थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशन केन्द्रमा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ । थुनुवामा संक्रमण पुष्टि भएलगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ ।