११ बैशाख २०८१, मंगलबार

कपिलवस्तुमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

कपिलवस्तु, भदौ ११ । कपिलवस्तु जिल्लामा आज दिउसो थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १०९३ पुगेको छ ।

भदौ ६ गते कृष्णनगर नगरपालिकाको कृष्णनगर भन्सार कार्यलयबाट कन्ट्याक ट्रेसिंगद्वारा संकलन गरिएको ८० नमुनामध्ये १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । साथै २१ जनाको नतिजा आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !