४ बैशाख २०८१, मंगलबार

चितवनका २५ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ १० । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ जनासहित २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भदौ १० गते मंगलवार गरिएको परीक्षणमा चितवनका २५ जना र तनहुँ देवघाटका १ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै चितवनको रत्ननगरका १४ जना, माडीका ९ जना, भरतपुरका २ जना र तनहुँका १ जना रहेका छन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १० गते १५९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २६ वटा नमुनाको नतिजा पोजेटिभ र १३३ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको नमूना बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, रत्ननगरस्थित क्वारेन्टिन, माडी क्वारेन्टिन र देवघाट क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमित हुनेहरुमा रत्ननगरका क्वारेन्टिनमा बसेका रत्ननगर नगरपालिका-४, ९ र १२ का १२ जना पुरुषहरु र २ जना महिला रहेका छन् । कोरोना संक्रमित पुरुषहरु १९ वर्षदेखि ५३ वर्ष उमेर समूहका छन् भने महिलाहरु २३ वर्षदेखि र ३४ वर्ष उमेर समूहका हुन् ।

यस्तै माडी क्वारेन्टिनमा बसेका माडी नगरपालिका-६ र ७ का ५ जना पुरुषहरु र ४ जना महिलाहरु ५ महिने बालकदेखि ६० वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । साथै भरतपुर महानगरपालिका-७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला रहेका छन् । त्यस्तै तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

चितवनका २५ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !