, चितवनवाट फरार कोरोना संक्रमित युवा साइकल चलाएर पुगे नुवाकोट

चितवनवाट फरार कोरोना संक्रमित युवा नुवाकोटमा भेटिए

चितवनवाट फरार कोरोना संक्रमित युवा साइकल चलाएर पुगे नुवाकोट

नुवाकोट, भदौ १० । चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा फेला परेका छन् । हिजो मंगलबार चितवनको आइसोलेसनबाट भागेका युवा आज बुधबार नुवाकोटमा भेटिएका छन् । भरतपुर महानगरपालिका-१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए ।

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका ती युवा प्रहरीको चेकजाँचका क्रममा आज बिहान साढे १० बजेतिर नुवाकोटको बेलकोटगढी नगरपालिका-५ स्थित पक्राउ गरिएको हो । साइकलमा जाँदै गर्दा पक्राउ परेका उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको छ ।

चोरीको आरोपमा पक्राउ परेका उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएका उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए । मंगलबार अस्पतालमा नभेटिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।