१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९४५


कोरोना संक्रमण C

पोखरा, भदौ १० । गण्डकी प्रदेशमा आज बिहान थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९४५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा लम्जुङको बेसीशहरमा कार्यरत ३ जना जना रहेका छन् । साथै नवलपरासी सुस्ता पूर्व कावासोती-८, १४ र १६ का ४ जना, गैडाकोट-१३ का २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

लमजुङ जिल्ला, बेसीसहरका ३ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् । नवलपरासी (ब.सु.पू.), गैंडाकोटका २ जना भारतबाट आएका हुन् । साथै अन्य सवै जना व्यक्तिहरु कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६४३ (निको हुने दर ८४.४७ %) रहेको छ ।

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९४५

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !