६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३६


कोरोना भाइरस

पोखरा, भदौ १० । गण्डकी प्रदेशमा आज बिहान थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९३६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा लम्जुङको बेसीशहर नगरपालिका-७, र ८ का ३ जना तथा लमजुङमा कार्यरत १७ जना जना रहेका छन् । साथै नवलपरासी सुस्ता पूर्व गैडाकोट-१ का १ जना, कास्कीको मादी नगरपालिका-७ का १ जना र पोखरा महानगरपालिका-११ का १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

लमजुङ जिल्ला, बेसीसहर-८ का ३२ बर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी हुन् भने १७ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् | कास्की जिल्ला, पोखरा महानगरपालिका-११ का १ जना साई अर्चना अस्पतालमा कार्यरत कर्मचारी हुन् भने मादी गाउँपालिकाका १ जना दुबईबाट आएका हुन् । साथै अन्य सवै जना व्यक्तिहरु कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६४३ (निको हुने दर ८४.८६ %) रहेको छ ।

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९३६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !