६ बैशाख २०८१, बिहिबार

चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ १० । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनका मात्रै ४० जना संक्रमित थपिएसंगै चितवनमा संक्रमितको संख्या ४ सय नाघेको छ ।

भदौ ९ गते मंगलवार गरिएको परीक्षणमा चितवनका ४० जना, तथा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ९ गते २१८ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ४४ वटा नमुनाको नतिजा पोजेटिभ र १७४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको नमूना भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, रत्ननगरस्थित क्वारेन्टिन र भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २० जना महिलाहरु र १६ जना पुरुष गरि ३६ जना रहेका छन् । कोरोना पोजेटिभ देखिएकाहरुमा भरतपुर महानगरपालिका-२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ का पुरुषहरुमा ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरुमा ८ वर्षीया बालिकादेखि ५४ वर्ष उमेर समूहसम्मका रहेका छन् । भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका-१, ६ र १३ का २७ र ७१ वर्षीया २ जना महिलाहरु र २४ वर्षीय पुरुष १ जना गरी ३ जनामा संक्रमण देखिएको छ । पुरानो मेडिकल कलेज र रत्ननगर क्वारेन्टिनबाट गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भरतपुर अस्पतालबाट स्वाब दिएका खैरहनी नगरपालिका-१ का २६ वर्षीय १ जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै पूर्वी नवलपरासीका २३ वर्षीया १ जना महिला, रुपन्देहीका ५४ वर्षीया १ जना महिला, तनहुँका ३८ वर्षीय १ जना पुरुष र धनुषाका ५४ वर्षीया १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले बताइन् ।

चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !