६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३१३ पुग्यो


कोरोना भाइरस

सुर्खेत, भदौ ९ । कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३१३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल, दैलेखमा गरिएको परीक्षणबाट थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जना र दैलेख अस्पतालमा १ जना गरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमित थपिएका छन् । जसमा सुर्खेतका ५, दैलेखका ४, सल्यानका २, धनुषा १, कञ्चनपुर १, कालिकोटका ४ र जुम्लाका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २००७ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३०० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३१३ पुग्यो कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३१३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !