४ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८९५


कोरोना भाइरस

पोखरा, भदौ ९ । गण्डकी प्रदेशमा आज बिहान थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-१३, २८ र २९ का ४ जना रहेका छन् । पोखरा महानगरपालिका-१३ का २ जना भारतबाट आएका हुन् भने अन्य २ जना व्यक्तिहरु कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ (निको हुने दर ८६.४९ %) रहेको छ ।

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८९५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !