८ बैशाख २०८१, शनिबार

कोरोनाका लक्षण देखिएका बिरामीलाई मात्र अब अस्पताल भर्ना गरिने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, भदौ ८ । कोरोना भाइरस (कोभिड-१९) को लक्षण देखिएका बिरामीलाई मात्र अब अस्पताल भर्ना गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका लक्षण नदेखिएका बिरामीलाई अस्पताल भर्ना नगरिने बताए ।

पछिल्लो समयमा काठमाडौं उपत्यका लगायत तराईका जिल्लाहरुमा कोरोनाका बिरामी बढ्दै गएको भन्दै उपचार पाउनु पर्ने बिरामीले उपचार नपाउने अवस्था आएपछि यस्तो निर्णय गरिएको प्रवक्ता डा. गौतमले बताए ।

उनले भने,’ सबै ठाउँमा कोरोनाका बिरामी बढेसँगै अस्पतालमा बिरामीको चाँप बढ्दो छ । अब लक्षण नभएका बिरामीलाई आइसोलेसन सेन्टरमा राखिने र लक्षण देखिएका बिरामीलाई मात्र अस्पताल भर्ना गरिनेछ ।’

मन्त्रालयका अनुसार नेपालमा भ्याक्सिनको ट्रयालको रुपमा प्रयोग गरिन थालेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको गाइडलाइन अनुसार विश्वव्यापी मान्यताको आधारमा अध्ययनमा, रिसर्चमा, ट्रायलमा सहभागी हुन चाहनेहरुलाई मात्र समावेश गरिने भएकाले यसमा भ्रम नपर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र ओपिडी र आइसीयूमा जान अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !