१२ बैशाख २०८१, बुधबार

नेपालमा जनसंख्याको २ प्रतिशत जनताको कोरोना परीक्षण


कोरोना स्वाब संकलन परीक्षण

काठमाडौं, ८ भदौ । नेपाल सरकारले देशको पुरै जनसंख्याको २ प्रतिशत जनताको कोरोना परीक्षण गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०२३४ पीसीआर परीक्षण गरिएको छ भने आज सोमवारसम्म ६ लाख १० हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । नेपालको जनसंख्या लगभग ३ करोड भएकाले ६ लाख १० हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिसकिएकोले यो कुल जनसंख्याको २ प्रतिशत हो ।

छिमेकी देश भारतमा ३ करोड ६० लाख अर्थात् ३ प्रतिशत भन्दा धेरैको परीक्षण भएको छ । पछिल्लो समय सरकारले दैनिक १० हजारको संख्यामा परीक्षण गरिरहेको छ । जसमध्ये करिब पाँच प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०२३४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६१०४६९ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १३७१५ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९१५४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ४५६१ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११२७५ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ७४३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२६७८ पुगेको छ । काठमाडौं उपत्यकामा आज २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १७७ जना, ललितपुर जिल्लाका ३३ जना र भक्तपुर जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८८०६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !