, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा देखियो ५७ जनामा कोरोना

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ५७ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा देखियो ५७ जनामा कोरोना

धनगढी, भदौ ८ । सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार २१ जना महिलाहरु र ३६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४६९ जनाको कोरोना परीक्षण गर्दा अछाममा १८ जना, डोटीका ६ जना, कैलालीका २९ जना, बझाङका २ जना र कंचनपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ५७ जनामा कोरोना पुष्टि